आइतबार (आज) बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उपाध्यक्ष ज्वालाले सबै कुराको जग भनेको कानुन रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्न सक्ने उल्लेख गर्नुभयो।

उहाँले जनताले बुझ्ने सरल भाषामा कानुन लेख्नु राम्रो हुने बताउनु भयो। सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको उहाँले बताउनुभयो। सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानुनको छातामुनि राख्नु नहुनेमा जोड दिनुभयो।

वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक-अध्यक्ष लिङ्देन

कम्युनिस्ट समाजवादी पार्टी, नेपालले जननिर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा अभियान सञ्चालन गर्ने