निर्वाचनको मौन अवधी शुरु हुनैलाग्दा नेकपा एमाले चिसंखुगढी गाँउपालीका-५ का वडा कमिटी अध्यक्ष केशब भट्टराईसहित सिंगै वडा कमिटी नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएको छ । घरदैलो कार्यक्रमकै बीच नेकपाका केन्द्रीय सदस्य केपी भट्टराईको समन्वयमा आज भब्य पार्टी प्रवेश कार्यक्रम भएको हो ।

नवप्रवेशीहरुलाई नेकपा ओखलढुंगाका उमेदवार अ्म्बिरबाबु गुरुङलगायत जिल्लाका नेताहरुले खादामाला लगाएर स्वागत गरेका थिए । लामो समयदेखी एमालेमा सक्रिय रहेका भट्टराईले वडा कमिटीनै नेकपामा समयोजन गरेका हुन्। भट्टराईले आफुहरु विकाश प्रेमी नेता नेकपाका उमेदवार गुरुङलाई फागुन २१ मा हुने निर्वाचनमा अत्याधीक बहुमतले जिताउने अभियानमा समाहित बनेको बताए ।
उमेदवार गुरुङले एमालेको सिंगो जिल्ला कमिटीनै नेकपामा समायोजन गरेका थिए भने अहिले पालिका वडा कमिटीहरु निर्वाचनको मुखैमा नेकपामा समाहित बनेपछि एमालेलाई झट्का लागेको छ ।
जिल्लाले उमेदवारका लागी पार्टी केन्द्रलाई सिफारिस गरेको आधिकारिक उमेदवार भन्दा बाहिरको व्यक्तिलाई नियम पद्दती मिचेर लिखु गाँउपालीकाकी उपाध्यक्ष रहेकी अस्मिता थापालाई उमेदवार बनाउने केन्द्रको निर्णय गरेपछि ओखलढुंगा एमालेमा विद्रोह भएको थियो । गुरुङको नेतृत्वमा भएको बिद्रोह अझै रोकिएको छैन ।






छैन कमेन्ट