नेपाली कम्युनिष्ट पार्टी काभ्रेपलान्चोकले उमेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । आज काठमाडौं भएको कार्यक्रम नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम सम्म्पन्न भएको भएको हो ।

काभ्रेपलान्चोक काठमाडौं सम्पर्क समन्वयन समितिले आयोजना गरेको सो कार्यक्रममा काभ्रेका सम्पुर्ण उमेदवारहरुको उपस्थिति रहेको थियो । काभ्रे-१ का उमेदवार दिनानाथ गौतम तथा क्षेत्र नम्बर -२ का अर्का उमेदवार बसुन्धरा हुमगाईँ तथा समानुपातिक सांसदहरुले आगामी निर्वाचनबारे आफ्नो धारणा राखेका थिए ।
प्रमुख अतिथि संयोजक प्रचण्डले उमेदवारहरुलाई जीतको शुभकामना दिएका थिए भने उमेदवारलाई जिताएर पठाएमा काभ्रेको विकाशको जिम्म्मा आफुले लिने आश्वासन दिएका थिए । काठमाडौंमा रहेका सयौ कार्यकर्ताको उपस्थितिमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको आयोजकले बताएको थियो ।





