काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), उपत्यका प्रदेश कमिटी अन्तरगतको युवा जिल्ला कमिटीको अध्यक्षमा अनिल बोगटी निर्वाचित हुनुभएको छ।
शनिबार राजधानीको अनामनगरमा सम्पन्न जिल्ला अधिवेशनले अनिल बोगटीको नेतृत्वमा १८ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।
त्यस्तै उपाध्यक्षमा राजेन्द्र तिमिल्सीना, सचिवमा अरुण आचार्य, उपसचिवमा रोशन ज्ञवाली, सुशिल खनाल र विना विश्वकर्मा निर्वाचित हुनुभएको छ।
अधिवेशनमा पार्टीका महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेल, पोलिटब्यूरो सदस्य मोहन गौतम, आलोक रायमाझी, विष्णु लामिछाने, केन्द्रीय सदस्य सुशिल भट्टराई लगायत नेताहरुको उपस्थिति रहेको थियो।












