नेपाल कम्युनिष्ट पार्टी ओखलढुंगाका उमेदवार अ्म्बिरबाबु गुरुङलाई जिताउन भन्दै एमाले र कांग्रेस परित्याग गरी सयौ युवा नेकपामा प्रवेश गरेका छन । आज काठमाडौंको जोरपाटीमा भएको पार्टी प्रवेश कार्यक्रममा चम्पादेवी र सुनकोशी गाँउपालीकाबाट सयौ युवा पार्टी प्रवेश गरेका हुन ।

नवप्रवेशी युवाहरुलाई उमेदवार गुरुङ र जिल्लाका संयोजक चम्पा कार्की आशा लगायतका नेताहरुले खादामाला लगाएर स्वागत गरेका थिए ।
पलापु, चिप्लिङ, फेदीगुठ, सिस्नेरी र बिलन्दुबाट एमाले कांग्रेस परित्याग गर्दै युवाहरु नेकपामा प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रमको संयोजन चम्पादेवी -५ का पुर्व वडा अध्यक्ष समाजसेवी तथा युवा नेता झलकमान तामाङले गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार गुरुङले ओखलढुंगाको विकासको लागी कुनै कसुर बाकी नराख्ने प्रतिवद्धता जनाएका थिए । प्रदेश सांसदहुंदा आफुले ओखलढुंगामा विकासको लागी सयौ योजना शुरु गरेको तर काम सम्पन्न नभएकाले आफुले ती योजना पुरा गर्न जित्नै पर्ने धारण राखेका थिए ।





