शनिबार संसदमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री, मन्त्री र शक्तिशाली नेताको जिल्लामा बजेट थुपारिएको भन्दै सबै जिल्लाका जनताहरुको समानुपातिक अधिकार छ कि छैन ? भन्दै प्र्रश्न गर्नुभएको छ।

उहाँले अगाडि भन्नुभयो, ‘बजेट बनाउदा राज्यको सम्पत्ति दुरुपयोग गर्ने काम भएको छ। राज्यको सम्पत्तिमाथि मनलाग्दि गर्नेहरुलाई आगामी चुनावमा जवाफ दिनेछन्। आफ्नो क्षेत्रमा बजेट हाल्दा चुनाव जितिन्छ भन्ने लागेको हो। त्यो दिवा सपना हो। पैत्रिक सम्पति जस्तो राज्य कोशको दुरुपयोग गर्नेलाई जनताले देखाउछन्। तपाईँ जुन निर्वाचन क्षेत्रमा चुनाव लड्ने हो, म त्यहि आउछु। बजेट हालेको भरमा जनताले भोट हाल्दैनन्। जनता सचेत भइसके।’

एकीकृत समाजवादी स्याङ्जाको नवौँ जिल्ला अधिवेशन सम्पन्न

हेवाखोला ब्रिज दुर्घटना : घाइते २ जना उपचारपछि घर फर्के