अनेरास्ववियु निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक, को-को भए निर्वाचित ?

 

काठमाडौँ : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानमा कडरिया मात्र ७ मतान्तरले अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाए ।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् ।

सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भएका छन् भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन् ।

जेष्ठ २५ गतेदेखि काठमाडौँ कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयमा जारी जारी महाधिवेशन बिहीबार नयाँ नेतृत्वको लागि निर्वाचन भएको थियो ।

पदाधिकारीहरूः
अध्यक्ष : सुजन कडरिया
उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामि
उपमहासचिव : कमल जोशी
सचिव : आकाश घर्ती
सचिव : रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल

वैकल्पिक राजनीति र जनपक्षीय परिवर्तनका लागि एकीकृत समाजवादीको भूमिका: समन्वय, संघर्ष र सशक्त हस्तक्षेप

संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छ : माधव नेपाल