असार ९ काठमाडौं,सन २००० मा स्थानीय  युवाहरुको समूह मिलि लव कुमार श्रेष्ठ ज्यु को नेतृत्वमा १८ देखि ४० बर्ष उमेर समुहका युवाहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई क्षमता अभिबृद्धी , नेतृत्व एवम् उधमशिलता बिकास गरि दक्ष र सफल युवा समाजलाई हस्तान्तरण गर्ने हेतुले गठन भएको सामाजिक सेवामा अभिप्रेरित संस्था साँखु जेसिजले आफ्नो स्थपनाको २५ औं बार्षिक उत्सव मनाउन लागेको हो।यहि असार १० गते साँखुस्थित भक्ति बेम्बो कटेजमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको साँखु जेसिजका कार्यकारीणि उपाध्यक्ष रुपक पोखरेलले बताउनुभयो।साँखु जेसिजले २५ बर्षको यात्राका क्रममा युवाहरुको नेतृत्व एवं व्यक्तित्व बिकास तथा  समाजमा विभिन्न सेवामुलक कार्य समेत गर्दै आइरहेको छ। २०७२ सालको बिनासकारी महाभुकम्प, बाढिपहिरो जस्ता प्राकृतिक प्रकोप, कोरोना महामारी लागएतको विषम परिस्थितिमा साँखु जेसीजले महत्त्वपूर्ण सहयोगका कार्यहरु समेत गरेको थियो । साथै यसले विभिन्न चरणमा जेसीजका क्षेत्रीय सम्मेलन, गोष्ठी तथा सेमिनारहरु समेत गर्दै आइरहेको छ ।

आफ्नो छुट्टै गौरवमय इतिहास बोकेको साँखु जेसीज सन २०२५ मा आइपुग्दा आफ्नो उल्लासमय रजत जयन्ती मनाउन लागिरहेको छ। उक्त कार्यक्रममा साँखु जेसिज २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसि स्वेच्छा लाकौल श्रेष्ठज्यूको संयोजक्त्वमा हुन गैरहेको छ।स्थापनाको २५ बर्षमा साँखु जेसीजले आफ्नो रजत बर्ष मनाउदै गर्दा उक्त समारोह कार्यक्रममा संस्थालाई बिगत २५ बर्ष मा सहयोग पुर्याउनुहुने स्थानीय संघसंस्था ,बिधालयहरु ,टोल बिकास संस्थाहरु , महिला समुहहरु लगाएतलाई सम्मान गर्ने र विशेष व्यक्तित सम्मान समेत गर्ने जानकारी कार्यकारिणी उपाध्यक्ष पोखरेलले दिनुभयो।

उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली काङ्ग्रेसका महामन्त्री एवम्  प्रतिनिधि सभा सदस्य तथा पुर्व स्वास्थ मन्त्री गगन कुमार थापा, बिशिष्ट अतिथी शंखरापुर नगर प्रमुख रमेश नापित ,कागेस्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की , शंखरापुर नगर उपप्रमुख समिता श्रेष्ठ तथा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी , स्थानीय वडा जनप्रतिनिधि  साखु जेसीजको मातृशाखा लगाएत अतिथी रहने कुरा उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका  पुर्व अध्यक्ष ,पदाधिकारी एवं सदस्य हरु,विभिन्न संघ संस्थाका प्रतिनिधि ,स्थानीय सहयोगी व्यक्तित्व लगाएतको उपस्थितमा हुने भएको छ।साथै उक्त कार्यक्रम सङ्गै साँखु जेसीजले बर्सेनि मनाउदै आईरहेको जेसिज सप्ताह समेत गर्ने तय गरेको छ।

उक्त कार्यक्रम अन्तरगत  २०८२ असाढ १० गते स्थापना दिवस भक्ति ब्यम्बो कटेजमा पुर्व अध्यक्ष जेसि सुजन श्रेष्ठ को संयोजकत्वमा हुने भएको छ भने , दोश्रो असार १४ गते शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको संयोजक जेसी बिबेक देसार हुनेछन्।तेस्रो कार्यक्रम जेसि निशान डङ्गोलको संयोजकत्वमा असार १६ गते इन्द्रायणी स्थित बृहस्पति फुटसलमा अन्तर बिधालय मा.बि तहको फुटबल  प्रतियोगिता , चौथो असार १९ गते सदस्य जेसि लक्ष्मण भन्डारी को संयोजकत्वमा बिद्यार्थी सचेतना तलिम भाग्योदय मा. बि मा , पाचौं असार २१ गते खुल्ला टेबल टेनिस प्रतियोगिता जेसि राकेश श्रेष्ठको संयोजकत्वमा भक्ती ब्यम्बो कटेजमा , छैठौ मा अन्तर बिधालय बक्तित्वकला प्रतियोगिता असार २३ गते सदस्य जेसि विशाल श्रेष्ठ को संयोजकत्वमा समरा गार्डेन साँखुमा र अन्तिम वा सातौं कार्यक्रम संस्थाका उपाध्यक्ष जेसि अच्युत दुलाल को संयोजकत्वमा जेसिज सप्ताह -२०२५ समापन समारोह असार २८ गते सलम्बुटार स्थित देवि फरेस्ट रिसोर्टमा हुने तय भएको कुरा कार्यक्रम मुल संयोजक समेत रहेका कार्यकारिणी उपाध्यक्ष जेसी रुपक पोखरेलले बताउनु भयो ।

युवा संघ नेपाल बाँकेको जिल्ला भेला सम्पन्न, एकीकृत समाजवादीको पक्षमा जनलहर

प्रतिनिधिसभामा प्रधानन्त्रीको जवाफ- बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ