नेपाल कम्युनिष्ट पार्टी झापा-५ का उमेदवार रन्जित तामाङको चर्चा झनै चुलिएको छ । एमालेका तर्फबाट सोही क्षेत्रमा उमेदवार रहेका अध्यक्ष केपी ओली लगयात अन्य उमेदवारहरु संग भएको सार्वजनिक डिबेट पछि झापामा तामाङ प्रति मतदातको धारणा सकारात्मक तरिकाले फेरिएको हो ।

स्थानिय जनताले जनताको असलि उमेदवार तामाङ नै रहेको भन्दै प्रसंसा समेत गरेका छन । ईमेज टेलेभिजनले आयोजना गरेको उक्त डिबेड कार्यक्रममा तामाङले ‘तपाई ४८ साल देखी ५ पटक सांसद र तीन तीन पटक प्रधानमन्त्री बन्दा पनि झापा उस्तै रहेको छ के चै गर्नु भयो’? भन्दै कडा प्रश्न गरेपछि उपस्थित स्थानियले ताली पट्काएर समर्थन जनाएका थिए । उनले भ्यु टावर होइन पुर्व प्रधानमन्त्री ज्यु झापाका जनताले टेलीकमको टावर खोजेका छन भन्दै कडा टिप्पणी समेत गरेका थिए ।

अहिले उनको यही प्रश्न चर्चाको विषय बनेको हो । ओलीलाई सो डिबेड कार्यक्रममा तामाङले उठाएका विषय भारी पर्ने देखिएको छ ।

यी हुन काठमाडौं २मा एमालेका सम्भावित उम्मेदवार

ओखलढुंगा चम्पादेवी बन्यो नेकपामय, वडा अध्यक्षका प्रत्यासी नै नेकपा प्रवेश