काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्यहरु बेपत्ता भएका छन् । उनीहरुको नाम खुलेको छ ।
उनीहरुको खोजी कार्य जारी छ। उनीहरुको मोबाइल ‘ट्रयाकिङ’ गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ। प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरेको छ।






