आइतबार संसदमा बोल्दै ज्वालाले शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ र आफ्नो निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको बताउदै चर्को विरोध गर्नुभएको थियो।

ज्वालाले भन्नुभयो,’आज शहरी विकास मन्त्रालयको विषय छ। पहिलो कुरा शहरी विकास मन्त्रालयले परिभाषाअनुसारको काम गरिरहेको छैन। आफ्नो आसेपासे र वरिपरिका मान्छेलाई कसरी हुन्छ योजना हाल्ने काम भएको छ। भरौटे र विचौलियाहरुलाई कमाइखाने भाडो बनाइएको छ। राज्यको ढुकुटीमाथिको यो तहको ज्यादती, बेथिति कसरी सहन सकिन्छ ?’

ज्वालाले अगाडि भन्नुभयो, ‘माननीय शहरी विकास मन्त्री प्रकाशमान सिंह सिनियर नेता हुनुहुन्छ। गणेशमानको नाममा ५७ करोड बजेट हाल्नु भएको छ। यो कुनै उत्पादन, युवालाई रोजगारी दिने काममा होइन, अनुत्पादक काममा यति धेरै बजेट हालिएको छ। भवन निर्माण गर्ने नाममा गणेशमानलाई बदनाम गर्ने काम भएको छ। यो के गरेको ? तपाईं यो संसदमा माफि माग्नुहोस्। गणेशमानको उचाइ यो होइन। गणेशमानलाई सबैले सम्मान गर्छौँ। तपाईंले अपमान गर्नुभयो। मंगलादेवीलाई अपमान गर्नुभयो। अनि तुलना गर्नुहोस् त पुष्पलालको नाममा ७० लाख। के गर्नुभएको हो गाईजात्रा ? तपाई अन्य जिल्लामा जानु पर्दैन? अरु जिल्लामा एउटा योजना छैन। प्रधानमन्त्री र मन्त्रीहरुको जिल्लामा हजार योजना छन्। अनि मान्छेले स्वीकार गर्छन्? कालोमसो दल्छन्। यो अराजताको हो। यो स्वीकार्न सकिदैन। ‘

नारायणघाट-बुटबल सडक खण्डअन्तर्गत दाउन्ने सडक ६ दिनदेखि बन्द

एकीकृत समाजवादीको काठमाडौँ-कञ्चनपुर सम्पर्क कमिटीको अधिवेशन सम्पन्न