काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्यय बिवरण सार्वजनिक गरेका हुन । अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढाएर बजेट ल्याएका हुन् ।

बजेट खर्च 

चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ (६०.१ प्रतिशत)
पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ  (२०.८ प्रतिशत)
र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ   (१९.१ प्रतिशत)
प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन

बजेट आम्दानीको स्रोत

राजस्वबाट १३ खर्ब १५ अर्ब
आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब
वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड

कुन मन्त्रालयलाई कति बजेट ?

– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ६ अर्ब ४९ करोड
– सञ्चार तथा सूचना प्रविधि ७ अर्ब ७२ करोड
– गृह २ खर्व ८ अर्ब ६२ करोड
– परराष्ट्र ७ अर्ब ८५ करोड
– शिक्षा, विज्ञान तथा प्रविधि  २ खर्ब ११ अर्व १७ करोड
– खानेपानी ३३ अर्ब ८९ करोड
– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ७ अर्ब ४९ करोड
– उद्योग, वाणिज्य तथा आपूर्ति १० अर्ब १३ करोड
– भौतिक पूर्वाधार तथा यातायात १ खर्ब ५२ अर्ब
– युवा तथा खेलकुद ६ अर्व ८ करोड
– संस्कृति, पर्यटन तथा नागरिक उ-यन १३ अर्ब २८ करोड
– कानून, न्याय तथा संसदीय मामिला ५३ करोड ५६ लाख
– स्वास्थ्य तथा जनसंख्या ९५ अर्ब ८१ करोड
– कृषि तथा पशुपन्छी विकास ५७ अर्ब ४८ करोड
– रक्षा ६२ अर्ब १ करोड
– ऊर्जा, जलस्रोत तथा सिंचाइ ८६ अर्ब १ करोड
– संघीय मामिला तथा सामान्य प्रशासन ११ अर्ब ८९ करोड
– वन तथा वातावरण १८ अर्ब ६१ करोड
– सहरी विकास १ खर्ब १८ अर्ब ३४ करोड
– अर्थ– विविध बाहेक ४९ अर्ब ९० करोड
– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक २ अर्ब ८ करोड
– श्रम, रोजगार तथा सामाजिक सुरक्षा ४ अर्ब २८ करोड

नेकपा (एकीकृत समाजवादी) ले मनायो १८औँ गणतन्त्र दिवस (तस्बिरसहित)

मानसिक अस्वस्थ भएको भन्दै खोरमा राखिएका बालकको उपचार सुरू