काठमााडौं । उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन् । आज बिहान बसेको न्याय परिषदको बैठकले न्यायाधीश राजनप्रसाद भट्टराई, हरिप्रसाद भण्डारी, लालबहादुर कुवँर र राजेश्वर तिवारीलाई उच्च अदालतको क्त मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

जसमा भट्टराईलाई उच्च अदालत विराटनगर, कुवँरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरका लागि सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ ।

एकीकृत समाजवादी बागमतीद्वारा मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह