काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पार्टी सचिव तथा सांसद शेरबहादुर कुँवरले अध्यक्ष माधवकुमार नेपालविरुद्ध लागेको भ्रष्टाचार मुद्दाको कानूनी रूपमा प्रतिवाद गर्ने स्पष्ट पार्नु भएको छ।
राजनीतिक प्रतिशोध साँध्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुद्दा चलाईएको उहाँको दाबी छ। सचिव कुँवरले भन्ुनभयो, ‘हामी कानूनी व्यक्ति भएको हुनाले सम्मानित अदालत र कानूनलाई सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले पार्टीले नै प्रधानमन्त्री ओलीको निर्देशनमा अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाईएको भन्ने निश्कर्ष निकालेको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘नितान्त राजनीतिक प्रतिशोध साँध्नको लागि ल्याईएको हो भन्ने हाम्रो निश्कर्ष छ। तथ्य र प्रमाणले त्यही कुरा बताउँछ। प्रधानमन्त्री को निर्देशनमा हो, प्रष्ट छ।’
अध्यक्ष नेपालविरुद्ध प्रधानमन्त्री ओलीकै चर्को दबाबको कारण अख्तियारले मुद्दा दायर गरेको कुँवरको दाबी छ। उहाँले भन्नुभयो, ‘यही जेठ २८ गते संसद् विघटन गरेको बेलामा संवैधानिक नियुक्तीहरु भएका थिए, त्यसको फैसला आउँदैछ। अहिलेका पदाधिकारी नरहन सक्छन् भन्ने चर्चा छ। प्रधानमन्त्रीलाई निर्दिष्ट गर्न गाह्रो हुन्छ भन्ने उद्देश्यका साथ अत्यन्तै चर्को दबाबका कारण यो मुद्दा चलाईएको हो। केपी ओली जहिल्यैपनि षड्यन्त्रको राजनीति गर्नुहुन्छ। तर, षड्यन्त्र धेरै टिक्दैन्। देश–दुनियाँले भन्छ माधव नेपालको चरित्र, स्वभाव केलउाउने हो भने आफूलई अनुचित लाभ लिएर यो निर्णय गरेको होला र भनेर प्रश्न गरेको छ?’





