ललितपुर । देशमा पछिल्लो समय अबैध क्रिप्टोकरेन्सी (अभौतिक) मुद्राको कारोबार बढ्दै गएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १ अर्ब ५० करोड रुपैयाँबढी यस्तो कारोबारमा संलग्नका साथबाट बरामद गरेको छ । भारतीय नागरिक दुई जनाबाट उक्त रकम बरामद भएको ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिर्देशक (एआइजी) चन्द्रकुबेर खापुङले जानकारी दिनु भयो ।
ललितपुर– २ को सानेपा कालोपुलमा अबैध हुण्डी र क्रिप्टोको कारोबार भएको सूचनापछि पुगेको प्रहरीले भारतीय नागरिक रुपेशकुमार गुप्ताले राजतिर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा कारोबार गर्दै आएको खुलेको हो । प्रहरीले भारतीय नागरिक ४३ वर्षका रुपेशकुमार गुप्ता र २२ वर्षका विपिन कुमारलाई नियन्त्रणमा लिएको छ । उहीहरुका साथबाट नेपाली ८ लाख २० हजार र भारतीय १० हजार रुपैयाँ बरामद भएको छ । उनीहरुले एक अर्ब ५० करोड रुपैयाँबढीको कारोबार गरेको प्रहरीले जनाएको छ ।
विश्वका धेरै देशमा क्रिप्टोलाई बैध मानिन्छ । नेपालमा भने अबैध हो । प्रहरीले क्रिप्टो कारोबारमा संलग्नलाई निरन्तर नियन्त्रणमा लिँदै आएको छ ।





