
मंगलबार पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपालले मंगलबार बिहान आएको बाढीले पुर्याएको क्षतिप्रति दु:ख व्यक्तगर्दै विपदमा परेका नागरिकहरुको तत्काल उद्धार तथा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको छ।
सामाजिक सञ्जाल फेशबुकमा लेख्नुभएको छ,’भोटेकोशी नदिमा आएको बाढीका कारण रसुवा जिल्लामा ठूलो मात्रामा जनधनको क्षती भएको खबर सुन्दा अत्यन्तै दुःख लागेको छ। प्राकृतिक विपत्तिको यस घडिमा बाढीको कारण भएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु । विपत्तिमा फसेकाहरुको उद्धार, सम्पर्कमा नआएकाहरुको खोजी, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभ तथा थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँछु।’




