काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको भ्रष्टचार मुद्धालाई राजनीतिक प्रतिशोधपूर्ण भएको ठहर गरेको छ।
पार्टीको कोशी प्रदेश कमिटीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख ज्ञानबहादुर बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धा कानूनीभन्दा राजनीतिक प्रतिशोध हो भन्ने हाम्रो ठहर छ।
विज्ञप्तिमा अगाडि भनिएको छ,ुअध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर गरिएको मुद्दा प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। हामी यो स्पष्ट रुपमा भन्न चाहन्छौं कि यो मुद्दा सामान्य कानुनी प्रक्रिया होइन, राजनीतिक प्रतिशोधको भावना बोकेर चालिएको योजनावध्द सड्यन्त्र हो। यस मार्फत लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता र हाम्रो पार्टी नेतृत्वमाथि चरित्र हत्या,जनविश्वास कम्जोर पार्ने र मनोबैज्ञानिक आक्रमण गर्ने प्रयास भएको छ ,जस्को हामी घोर भत्सना र प्रतिवाद गर्दछौं ।
विज्ञप्तिमा थप भनिएको छ अध्यक्ष कमरेड माधवकुमार नेपालले लिएको निडर,पारदर्शी र जनहितमुखी नेतृत्वको प्रमाणस्वरुप कानूनी प्रक्रियालाई सम्मान गर्दै आज पनि स्पष्ट रूपमा – नबिराउनु ,नडराउनु भन्ने अडान दोहोर्याउनु भएको छ । यो अडान हाम्रो नेतृत्वको निष्ठा पारदर्शिता र न्यायप्रतिको आस्थाको प्रतिबिम्ब हो भनिएको छ ।
विशेष अदालतमा दायर मुध्दामा उल्लेख गरीएको पतञ्जली योग पिठसँग सम्वन्धित जग्गा खरिद विक्रीको विषय नेपाल सरकारकै निर्णयमा आधारीत रहेर गरीएको प्रकृया हो । २०६९ मंसिर २५ गते अख्तियारले स्वयंं गरेको निर्णयमा पनि योगपिठले प्राप्त रकम बरावरको जग्गा पून खरिद गरीसकेको छ बाँकी प्रकृया पनि कानूनी दायरा भित्रै छ । राष्टिय सतर्कता केन्दको छानबिनमा समेत कुनै अपराधिक मनसाय वा अनियमितताको प्रमाण नदेखिएको स्पष्ट भइसकेको अवस्थामा राजनैतिक प्रेरणाबाट आरोप लगाउनु निस्पक्ष प्रशासनिक प्रकृयाको उपहास भएको भनिएको छ ।
अध्यक्ष कमरेड नेपालमाथि लगाइएको आरोपलगायत पूर्णतः अस्वीकार गर्दछ र यस्लाई लोकतान्त्रिक राजनीतिक, संविधानप्रति समर्पित नेताको छविमा प्रहार गर्न खोजिएको षड्यन्त्रका रुपमा लिन्छ । यस विरुध्द हाम्रो पार्टी संरचना कार्यकर्ता शुभेच्छुक र आम जनसमुदायलाई आव्हान गर्दछौ भ्रममा नपर्नुस,संगठित रहनुस् सत्य र न्यायको पक्षम डट्नुस्, हाम्रो पार्टी हरेक चुनौतीको सामना विवेक ,संगठन र जनसमर्थनका बलमा गर्न सधैै छयार छौंं भनिएको छ ।
अन्त्यमा हामी राज्यका सबै अंग , संवैधानिक निकायहरु, विशेषतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक प्रभाव र पूर्वाग्रहबाट मुक्त रहि निस्पक्ष तथ्यमा आधारित र कानुन अनुसार निष्कर्षमा पुग्न आग्रह गर्दर्छौ । हामीलाई पूर्ण विश्वास छ न्यायलय स्वतन्त्र रुपमा कार्य गर्दै यस मुध्दामा पूर्ण न्याय प्रदान गर्ने छ ।






