
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको बताएका छन् ।
संसदमा विशेष सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ ।” उनका अनुसार अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ ।
उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।
स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए ।
सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले भने, “सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो ।”
संघले आउजीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग संघले माग गरेको छ।
संघले छाउपडी तथा अन्य हानिकारक सामाजिक परम्पराविरुद्ध बनेका कानुन प्रभावकारी कार्यान्वयन गर्न, जनचेतना अभिवृद्धि गर्न शिक्षा र सामाजिक अभियान चलाउन संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ।
‘छाउपडी प्रथा महिलाविरुद्धको हिंसाको गम्भीर रूप हो, यसको निरन्तरताले महिलाको स्वास्थ्य, जीवन, सम्मान र मानव अधिकारमा प्रत्यक्ष चोट पुर्याउँछ,’संघले भनेको छ ।
महिला संघले सामाजिक संरचनाभित्र गढेका यस्ता अन्धविश्वास र विभेदकारी अभ्यासहरूको अन्त्यका लागि सबै तहका सरोकारवाला निकायलाई अझ कडाइका साथ जिम्मेवार हुन पनि अपील गरेको छ।






