काठमाण्डौं । मुख प्रतिपक्षी नेकपा माओवादीको आह्वानमा विपक्षी दलहरुको बैठक बानेश्वरमा जारी छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका प्रतिपक्षी दलहरु बानेश्वरस्थित संसद् भवनमा बैठक बस्दै छन् ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार संसद् अवरोध जारी राखेको अवस्थामा अब के गर्ने भन्नेबारे छलफल भइरहेको हो।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सहभागी छन्।

यसअघि सिंहदरबारमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्ष बिहिन बनेको थियो। सत्ता पक्षले गृहमन्त्रीले राजीनामा पनि नदिने र उनीमाथि छानबिन समिति पनि नबन्ने अडान दोहोर्‍याएका थिए।

प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

खतिवडाको ‘दुःख सुनाएर के काम ?’