असार २४ जहरसिंपौवा, शंखरापुर नगरपालिका वडा नं ३ स्थित विभिन्न सामाजिक कार्यमा अग्रणी जहरसिंपौवा युवा क्लबले २०८१ सालमा शंखरापुरका विभिन्न बिद्यालयबाट उतिर्ण बिद्यार्थीलाई बधाई कार्यक्रमको आयोजना गरेको छ।शंखरापुरको जहरसिंपौवा स्थित सामुदायिक हलमा सम्पन्न उक्त कार्यक्रम १०० जना भन्दा बढी बिद्यार्थी सम्मानित भएका थिए।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा शंखरापुर नगरपालिका मेयर रमेश नापित तथा उपमेयर समिता श्रेष्ठ र वडा नं १ का अध्यक्ष बाबुराम दंगाल तथा वडा नं ३ का अध्यक्ष सुर्य बहादुर तामाङ लगायत सहभागी थिए।मित्रपार्क स्थित टेक्सास ईन्टरनेशनल कलेजको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमा उक्त कलेजका प्रबन्ध निर्देशक जितेन कुमार बाखु तथा वित्तीय निर्देशक कृष्ण प्रसाद दंगालको समेत उपस्थिती थियो।उक्त कार्यक्रममा शंखरापुर नगरपालिकाबाट उत्कृष्ट ग्रेड प्राप्त गर्ने दुई जना बिद्यार्थीलाई ७-७ हजार नगद सहित सम्मान गरिएको थियो।उक्त कार्यक्रम जहरसिंपौवा युवा क्लबका अध्यक्ष बासु तामाङको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन उक्त क्लबका सल्लाहकार किशोर घ्लानले गरेका थिए।यस बर्ष शंखरापुर नगरपालिकाबाट २ वटा सामुदायिक बिद्यालयहरु भगवती मा.बि. ४:०० जिपिए सहित उत्कृष्ट र वडा नं ९ को रास्ट्रीय माबी १०० प्रतिशत उतिर्ण गर्न सफल भएका थिए।





