काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ शंखरापुरको सभापतिमा सुना बहादुर तामाङ (सोनाम) चयन हुनुभएको छ। आज शंखरापुर नगरपालिकाको साँखुमा सम्पन्न भेलाबाट तामाङको नेतृत्वमा १५ सदस्यीय नगर समिति गठन भएको हो।
नवनिर्वाचित अध्यक्ष तामाङ शंखरापुर नगरपालिका वडा नं. ४ मा २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। सो अवसरमा नवनिर्वाचित तामाङले समुदाय खबरसंग संक्षिप्त कुरा गर्दै उहाँले नेवार, तामाङ तथा गुरुङ लगायतका जनजातिको उल्लेख्य बसोबास रहेको यस शंखरापुर नगरपालिकामा जनजातिको हकअधिकार स्थापित गर्न पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।