बुधबार संसदमा बोल्दै चौधरीले यस्तो प्रश्न गर्नुभएको हो। उहाँले अगाडि भन्नुभयो, ‘आज जनताको मुखमा एउटा प्रश्न झुण्डिरहेको छ, देश किन बनेन भन्ने प्रश्न। जवाफमा भ्रष्टचारका कारण बनेन भन्ने जवाफ आउछ। के साच्चै देश नबन्नुमा भष्टचार मात्रै बाधक छ? अहँ होइन। हामीले अपनाएका नीति र बहुदलपछि गरिएका अभ्यासका कारण देश नबनेको हो।’

पार्टीका उपमहासचिव चौधरीले भन्नुभयो, ‘अदालतमा भागवण्डका आधारमा न्यायधीश नियुक्त गरिन्छ। अख्तियारमा त्यस्तै गरिन्छ। कुनै योग्यता र क्षमताको सिमा छैन। यसरी राज्य सञ्चालन गर्दा कसरी न्यायिक काम हुन्छन्? यसरी सुशासनको विषय त लाखौ कोश परको विषय बन्न जान्छ। त्यसैले असंवैधानिक नियुक्तिहरू संवैधानिक तवरले खारेज गरौँ। अन्यथा घाटी सुक्नेगरी सुशासनको नारा लगाउदैमा केही हुनुवाला छैन।’

विद्युत प्राधिकरणको लाप्रबाहीले नागरिकको ज्यान जान थाल्यो: सचिव कुँवर

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिन