काठमाडौं । पोखराको १३५ रोपनी लिची बगैँचा हडप्ने योजनामा घुस डिल भएको अडिओमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको नाम मुछिएपछि एमाले कास्कीले उनको राजीनामा र छानबिनको माग गरेको छ । शनिवार पोखरामा आयोजित जिल्ला कमिटीको विस्तारित बैठकले यो प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

The current image has no alternative text. The file name is: balram.gif

अध्यक्ष बैनबहादुर अधिकारीका अनुसार, मन्त्री अधिकारी र सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि घुस लिएको आरोप लागेकाले छानबिन नहुँदासम्म पदमुक्त गर्न माग गरिएको छ । बैठकमा विचौलिया भनिएका सुजन लामाको एमाले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय पनि भएको छ । लामा यसअघि नेकपाको गण्डकी प्रदेश सदस्य र हाल एमाले गण्डकीको सल्लाहकार परिषद् सदस्य छन् ।

पार्टी केन्द्रको दबाबमा भूमि आयोग कास्कीको अध्यक्षमा खेम पुनलाई सिफारिस गर्न अस्वीकार गर्दै एमाले कास्कीले बैनबहादुर गुरुङ, केशवप्रसाद आचार्य र शोभामोहन पौडेललाई सिफारिस गरेको थियो । अन्ततः गुरुङ अध्यक्ष नियुक्त भए । अडिओमा मन्त्री गुप्ताले पुनलाई आयोग अध्यक्ष बनाउन २५ लाख घुस डिल गरेको र मन्त्री अधिकारीले घुस लिएर पनि काम नगरेको उल्लेख छ ।

एमाले कास्कीले योजनामा संलग्न सबैमाथि छानबिन र कारबाहीको माग गरेको छ । पार्टी नेताहरूले भ्रष्टाचार र विचौलियाको प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाही आवश्यक रहेको बताए । निर्णयलाई पार्टीको उपल्लो तहमा जानकारी गराइने भएको छ । पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ५ गते पुष्पलाल पार्क सरसफाई, ६ गते विचार गोष्ठी र ७ गते उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा पोखरामा विचार गोष्ठी आयोजना गर्ने निर्णय पनि भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङमा

रोजगारको अर्थ हातमा सीप हुनुपर्छ : मन्त्री भण्डारी