प्युठान । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन र्राष्ट्रिय दिवसको सन्दर्भमा नेकपा (एकीकृत समाजवादी) प्युठानले पार्टी कार्यालय जुम्रीमा बिचार गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीका अध्यक्षता जिल्ला कमिटी उपाध्यक्ष खिम सुनार, प्रमुख अतिथि केन्द्रीय निर्वाचन आयोगका सदस्य कृष्ण रायमाझी, कार्यक्रम संचालन जिल्ला उपसचिव हुमबहादुर मल्ल र स्वागत मन्तव्य सुप्रीया सुनारले राख्नु भएको थियो ।

कार्यक्रममा पाका अविभावकहरु भूप बहादुर सुनार र लोकबहादुर सुनार, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष लालबहादुर थापा लगायतले बिचार राख्नु भएको थियो ।
नेपाली समाजमा रहेको जातीय असमानता र विभेदलाई चिर्दै मानवीय मूल्य र मान्यतालाई सम्मान गर्दै अन्तरजातीय विवाह गरि समाजलाई अग्रगामी र प्रगतिशील सन्देश दिदै समाज रुपान्तरणको यात्रामा सबैलाई प्रेरणा दिने काम गरेका दुई अन्तरजातीय दम्पतीहरु सुनिल नेपाली र सरिता बुढामगर तथा दिपेन्द्र सुनार र गङगा श्रीसमगर लाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथी कृष्ण रायमाझीले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन गरि समतामूलक समाज निर्माणको लागि सास्कृतिक रुपान्तरण अनिवार्य भएको बताए भने कार्यक्रमका अध्यक्ष खिम सुनारले दलितहरु अरुले प्रयोग गर्ने बस्तु नभइ समाज परिवर्तनको संवाहक भएको बताउदै सबै दलितहरु समाजवादी यात्राको लागि नेकपा एकीकृत समाजवदीमा सहभागी भइ कृयाशिल हुनु पर्ने वताउनु भएको थियो ।

जातीय छुवाछुत अन्त्यका निम्ति कानूनको व्यवहारिक कार्यान्वयन हुन सकेन: नेता खनाल

युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजना सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री