काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले निजामती सेवा विधेयकमाथि भएको जालसाजीमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद कृष्णप्रसादअधिकारीले प्रतिनिधि सभाबाट सर्वसम्मत पास भएको निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड राख्ने व्यवस्थामा जालसाजी भएको र त्यसपछिका घटनाक्रममा एमालेको संशोधन आउनुले शंका उत्पन्न गरेको बताए ।

प्रतिनिधि सभामा छानबिन चलिरहँदा राष्ट्रिय सभामा एमालेले राखेको संशोधन प्रस्तावले प्रधानमन्त्रीकै भूमिकामाथि प्रश्न उठेको भन्दै उनले छानबिनको माग गरेका हुन् ।

सांसद घनश्याम रिजालले पोखराको जग्गा प्रकरण र भ्रष्ट्राचार लेनदेनको अडियो सार्वजनिक हुँदासमेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई कारबाही नभएको भन्दै बर्खास्त गर्न माग गरे ।

सांसद कमला पन्तले देशमा सुशासन हराएको भन्दै भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन मिलेको बताए । वायुसेवा निगममा बेथिति प्रकरणमा अख्तियार प्रमुखमाथि प्रश्न उठेकोबारे सरकार र सदन बोल्नुपर्ने उनको माग छ ।

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

प्रहरी कर्मचारीविरुद्ध एक वर्षमा ३७ सय बढी उजुरी,८१ प्रतिशत पछ्यौंट