साउन १ साँखु।शंखरापुर नगरपालिकाको साँखुस्थित पटाप हेल्थ केयर प्रा.लिको आयोजनामा साँखुको महादेवस्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।पटाप हेल्थ केयर प्रा.लि  र नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसंचारको सहकार्यमा सो कार्यक्रम सम्पन्न आयोजना भएको हो।सो कार्यक्रममा करिव ५४ जनाले रक्तदान गरेका छन् ।शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको व्यस्थापन नवराज तामाङले गरेका थिए भने सो कार्यक्रमको सल्लाहकारको रुपमा श्याम तामाङ रहेका थिए। साँखुमा रहेको पटाप हेल्थ केयर प्रालिले आफ्नो स्थापनाको तेस्रो बर्ष लागेको अवसरमा संस्थाको सामाजिक उत्तरदायीत्व अन्तरगत कार्यक्रमको आयोजना गरिएको पटाप हेल्थ केयर प्रालिका संचालक आयुष लामाले बताउनुभयो।उहाँले यस संस्थाले आगामी दिनमा समेत यस्ता कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताउनुभयो।

साउनको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भिड

अध्यक्ष प्रचण्डद्वारा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी