काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडौं क्षेत्र नम्बर -४ का युवा उमेदवार ईन्द्रकुमार भुसाललाई जीतको अग्रीम शुभकामना दिएका छन। आज उमेदवार भुसाल र पार्टी संयोजक प्रचण्डको भेटको अवसरमा एक भिडियो सन्देश जारी गर्दै भुसाललाई बिजयको शुभकामना दिएका हुन ।
संयोजक प्रचण्डले युवा उमेदवार भुसालले काठमाडौं -४ मा गरेका कामको प्रसंसा समेत गरेका छन । भुकम्पको भयानक कहर र बाढीले तहसनहस बनाएको समयमा भुसालले आफ्नो क्षेत्रमा खेलेको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको स्मरण गर्दै संयोजक प्रचण्डले गतिशील युवानेताको रूपमा स्थापित उमेदवार भुसाललाई तारा चिन्हमा मतदान गरी बहुमतले जिताएर पठाउन काठमाडौं -४ का मतादालाई अपीलसमेत गरेका छन ।
भुसाल युवा उमेदवार मात्रै नभएर स्थानिय जनताको सेवक समेत हुन ।उनले आफ्नो क्षेत्रमा खेलेका भुमिकाको स्थानिय जनताले प्रसंसा समेत गर्दै आएका छन ।
भुसालले भिडियो सन्देश जारी भए पश्चात आम जनसमुदाय मतदातालाई आफुलाई जिताएर पठाउन अनुरोध गरेका छन ।उनले पार्टीले दिएको मार्गदर्शन र भरोसालाई आत्मसात् गर्दै फागुन २१ गते हुने निर्वाचनमा क्षेत्र नं. ४ का आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा चुनाव चिन्ह तारा मा मतदान गरी जनसेवाको अवसर प्रदान गर्न आह्वान गरेका हुन ।
पार्टीको विश्वास र काठमाडौँवासी जनताको आशालाई कुशल, इमानदार र समर्पित जनसेवकका रूपमा व्यवहारमा उतार्ने दृढ प्रतिबद्धता उमेदवार भुसालको रहेको छ ।





