काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारका कारण देश राजनीतिक सङ्कटमा फसेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा सभामा सम्बोधन गर्दै नेता खनालले राजनीतिक सङ्कटबाट पार लगाउन वामपन्थीहरू एकजुट हुनुपर्ने धारणा राखे ।

‘दुई वटा हात्ती सरकारमा सहभागी छन् । तर सरकारको नीति तथा कार्यक्रम जनताको पक्षमा एउटा पनि छैन । त्यसकारण देश अहिले भयावह राजनीतिक सङ्कटमा छ । वामपन्थीलाई एकताबद्ध पार्टी निर्माण गर्न यो एकताले जबरजस्त सन्देश दिएको छ’, उनले भने ।

यस्तै २०७५ सालमा एमाले र माओवादी मिलेर कम्युनिस्ट आन्दोलन एकताबद्ध भएपनि दक्षिणपन्थी अवसरवाद हाबी भएका कारण मुलुकमा राजनीतिक सङ्कट गहिरिँदै गएको बताए ।

‘२०७५ सालमा नेकपा एकताबद्ध भयो । वामपन्थीले दुई तिहाइ मत प्राप्त गर्‍यो । तर वामपन्थी सरकारले क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, गरिबी निवारण बिर्सियो’, उनले भने, ‘देशको कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत भयो । नेकपा विघटनको दिनदेखि चौतर्फी राजनीतिक सङ्कटमा फसेको छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले बामदेव गौतमसँगको एकता ऐतिहासिक भएको भन्दै पार्टी एक भएर अगाडी बढ्नु पर्ने बताए ।

खनालले देश अहिले संकटमा भएको भन्दै सरकार भ्रष्टाचारमा रुमलिएको भन्दै चिन्ता व्यक्त गरे । कम्युनिष्ट पार्टी एकताबद्ध भएर गएको भए अहिलेको देशको संकट समाधान गर्नुपर्ने बताए ।

अब समाजवादतर्फ उन्मुख हुनुपर्ने बताउदै संबिधानलाई समेत संशोधन गरेर अगाडी जानुपर्ने बताएका छन् । कम्युनिष्ट पार्टीहरु एक भएमा अहिले पनि देशमा बामपन्थी सरकार बन्न सक्ने भन्दै आपसी दम्भले गर्दा बामपन्थी विभाजित भएको र दक्षिण पन्थी हावी भएको बताए ।

उनले यस अघि एमाले र माओवादीबीचको एकता स्वार्थको एकता भएका कारण टिक्न नसकेको भन्दै नीतिगत एकता हुनुपर्नेमा जोड दिए ।

विचार मिल्नेसँग एकता गछौँ- अध्यक्ष नेपाल

गायक प्रकाश कटुवालको नयाँ गीत “जर्सी गाईको दूध” सार्वजनिक (भिडियो सहित )