काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन ।उनीसंगै वडा नं. ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरुलाई पार्टीका संयोजक प्रचण्ड, पुर्वप्रधानमन्त्री जलनाथ खनाल तथा बामदेव गौतम लगायत नेताहरूले आज आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए ।





