काठमाडौं, ७ पौष।आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं २को चुनावी सरगर्मी ह्वात्तै बढेको छ।यस क्षेत्रमा खासगरी बिघटित प्रतिनिधिसभाको दोश्रो ठूलो दल एमालेबाट कस्ले टिकट पाउला भन्ने बिषयमा विभिन्न अडकल भईरहेका छन् ।नेकपा एमालेको तर्फबाट यी ३ जनामध्येबाट टिकट पाउने अनुमान गरिएको छ।जसमा मणिराम फुयाल,रामकुमारी झाँक्री र आनन्द पोखरेल छन्।सम्भावित ३ जनामध्ये मणिराम फुयालको सम्भावना बढी भएको बुझिएको छ।२०७४ सालको निर्वाचनमा काठमाडौं-२ को प्रदेश सभा (ख)मा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए भने २०७९ सालको प्रतिनिधिसभामा उहाँ उपबिजेता बन्नुभएको थियो।आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट यी ३ जनामध्येबाट टिकट पाउने अनुमान गरिएको छ।यी प्रमुख ३ जनामा मणिराम फुयाल,रामकुमारी झाँक्री र आनन्द पोखरेल छन्।यी ३ जनामध्ये मणिराम फुयालको सम्भावना बढी भएको बुझिएको छ।
२०७४ सालको निर्वाचनमा काठमाडौं-२ को प्रदेश सभा (ख)मा नेकपा एमालेका तर्फबाट १६५७३ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो भने २०७९ सालको प्रतिनिधिसभामा उहाँ ११,५५५ मतसहित उपबिजेता बन्नुभएको थियो।हाल उहाँ नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य हुनुहुन्छ।एकीकृत समाजवादीमा केन्द्रिय सचिव रहनुभएकि रामकुमारी झाँक्री हालैमात्र एमालेमा फर्किएकी हुन।२०७९ सालमा गुल्मी २ बाट प्रतिनिधिसभामा एमाले उपाध्यक्ष गोकर्ण बिस्टसंग पराजित झाँक्रीले काठमाडौं २ उठन लागेकी उनिनिकट श्रोतले जनाएको छ।त्यसैगरी हालै सम्पन्न एमाले महाधिवेशनमा एमाले सचिवमा पराजित पोखरेल हाल एमाले केन्द्रिय सद्स्य छन्।





