एक पृथ्वी एक स्वास्थ्यकालागि योग भन्ने नाराका साथ नेपाल मानव धर्म सेवा समितिले देशैभरीका क्षेत्र तथा शाखा आश्रमहरुमा ११ औ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न गरेको छ ।

देशभरी विभिन्न १५ स्थानमा आयोजना भएको योग तथा साधना शिविरमा झण्डै दुई हजार जना सहभागी भएका थिए ।

योगले शरिरलाई मात्र नभएर मनलाई पनि शुद्द बनाउने भएकाले हरेक दिन योग आवश्यक रहेको नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले बताउनुभयो । योग अवसर वा वर्षमा एकदिन मात्र नभएर हरेक दिन यसको अभ्यास आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

योग गुरु पुरुषोत्तम कोइरालाका अनुसार नियमित योगाभ्यास गर्ने जो कोहीपनि विरामी भएर हत्तपत्त अस्पाताल जानु पर्दैन । शरीरलाई फूर्तिलो बनाउनुका साथै मानसिक स्वास्थ्यलाई पनि निकै फाइदा योगले दिने उहाँको भनाइ छ ।

परापुर्वकाल देखि नै हाम्रा ऋषीमुनी तथा योगीहरुले योग गर्ने गरेको र यसैले उनीहरुलाई बर्षौसम्म जिवित राखेको प्रसङ्ग पनि कार्यक्रममा चर्चा गरिएको थियो ।

सन् २०१४ देखि जुन २१ का दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा विश्वभरी नै मनाउने गरिन्छ ।

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

एकीकृत समाजवादी स्याङ्जाको नवौँ जिल्ला अधिवेशन सम्पन्न