तथापी उहाँले कानूनी सर्वोच्चतालाई भने स्वीकार्ने बताउनु भयो। पार्टी निकट विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘कानूनको चौघेराभित्र न्याय हरायो भने त्यसको आक्रोश ठूलो हुन्छ। यो पार्टीलाई सत्ताको दुरुपयोग गरेर विघटन गर्न चाहिरहेका थिए। तर, माधव नेपाल हेर्दा कोमल हुनुहुन्छ, विचार र सिद्धान्तमा दृढ भएकाले उहाँको आँटले यो पार्टी यहाँसम्म आएको छ। अब तपाईँले खुट्टा कमाउने होइन, हिम्मत हार्ने होइन।’

माधव नेपालसँग सिङ्गो पार्टी पंक्ति रहेको भन्दै पराजुलीले प्रधानमन्त्री ओलीले अख्तियारको दुरुपयोग गरेको भन्दै त्यसको हिसाबकिताब गर्ने बताउनुभयो।

प्रधानमन्त्रीसँग मलेसिया-नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

निजामती विधेयक राष्ट्रियसभाबाट गायब पार्न खोजियो- सांसद भुसाल