काठमाडौँ नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले गणतन्त्रबारे प्रश्न उठाउने समय नआएको बताउनुभयो।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा झाँक्रीले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनु भएको हो। झाँक्रीले गणतन्त्र ल्याउँदा आफूहरूले गरेका प्रतिबद्धताका बारेमा बुझाइहरू एउटै नभएको बताउनु भयो।
नेतृ झाँक्रीले भन्न्ुभयो, ‘गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ। गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन। तर, त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिबद्धताका बारेमा हाम्रा बुझाइहरू एउटै थिएनन्। गणतन्त्रलाई यस्तो विवादित बनाइयो। यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्ने कुरा जिम्मेवारीबोध हामीले कम महसुस गर्यौँ कि। तिलस्मी सपनाहरू बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ कि ?’





