असार २७, काठमाडौं। शंखरापुर नगरपालिका वडा नं ३ स्थित हिलसाईड एकेडेमीले २०८१ सालमा एसईई उतिर्ण बिद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम शंखरापुर नगरपालिका वडा नं ३ स्थित जर्सिङ रिसोर्टमा आयोजना गरिएको थियो।उक्त बिधालयबाट २०८१ सालको एसईई परिक्षामा सहभागी सम्पुर्ण १३ जना बिद्यार्थी सफल भई बिद्यालयले शतप्रतिशत नतिजा निकालेको हो । शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शंखरापुर नगरपालिका उपप्रमुख समिता श्रेष्ठ,वडा नं ३ का अध्यक्ष सुर्य बहादुर तामाङ लगायत सहभागी थिए।

त्यसैगरी उक्त कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो।जसमा सेन्ट लरेन्स कलेजका प्रधानाध्यापक केशव प्रसाद दंगाल,कान्तिपुर एकेडेमीका प्रधानाध्यापक प्रधुम्न पौडेल, साँखु स्थित भाग्योदय मा.बि.का अध्यक्ष निरज केसि,प्रधानाध्यापक रूषण बसि,चिरायु एजुकेशनका निर्देशक शिव प्रसाद देबकोटा, जहरसिंपौवा युवा क्लबका अध्यक्ष बासु वाईबा लगायतका महानुभावहरुको सहभागिता थियो।उक्त कार्यक्रमको अध्यक्ष हिलसाईड एकेडेमीका अध्यक्ष केशव प्रसाद ढुङानाले गर्नुभएको थियो।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रबिन्द्र मिश्र,शंखरापुरका मेयर उपमेयर लगायतले मन्तव्य राख्नुभएको थियो।
२०६४ सालमा स्थापना भएको यो बिद्यालयले हरेक बर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याईरहेको र आगामी दिनमा यस बिद्यालयलाई शंखरापुरको उत्कृष्ट बिद्यालयका रुपमा स्थापित गर्ने लक्ष्य रहेको प्रधानाध्यापक मिश्रले बताउनुभयो।





