काठमाडौं । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ भन्दै मधेशका युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सङ्घ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरूले विरोध स्वरूप प्रदर्शन गरेका हुन् ।
मधेश कृषि-जल आन्दोलन संघर्ष समितिको व्यानरमा युवाहरुले ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’, ‘भात छैन थालमा राहत छैन हातमा १’ जस्ता नारा लगाउँदै मधेशका युवाहरू शुक्रवार काठमाडौंको माइतीघरमा भेला भएर सरकारको ध्यानाकर्षण गराएका छन् ।
सुख्खाग्रस्तत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् ।
चुरे संरक्षणमा जोड दिनुपर्ने भन्दै उनीहरुले सुक्खा प्रभावित किसानहरुलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न माग गरेका छन् ।
यस्तै किसानलाई २४ घण्टा निस्शुल्क बिजुली उपलब्ध गराउनुपर्ने, तराई-मधेशका किसानलाई नगद क्षतिपूर्ति दिनुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।





