पोर्चुगल। अनेसास पोर्चुगल च्याप्टरको जुन १९ मा सप्पन्न अधिवेशनले दुई बर्षे कार्यकालको लागी एन बी अन्जानको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष र सजु पौडेल बराल, सुजन पण्डित र प्रेम कोइराला सदस्यमा सर्वसम्म, चयन भएका हुन। अनेसास महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा यादव देवकोटाको संयोजकत्वमा अर्जुन श्री र प्रेम लिम्बू सदस्य रहेको निर्वाचन समिति गठन गरिएको भएपनि सर्वसम्मत नेतृत्व चयन भएको हो। कार्यक्रममा च्याप्टरका निवर्तमान अध्यक्ष सवी श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना दिदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिले रबिन अधिकारी, यादव देवकोटा, सबी श्रेष्ठ, अर्जुन श्री र आरपी पन्त रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको अध्यक्ष अन्जानले जानकारी दिएका छन ।