काठमाडौँ । नेकपा (एकीकृत समाजवादी), कोशी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ।
बिहिबार इटहरीको आइतबारेमा कमिटीका अध्यक्ष सरिता थापाको अध्यक्षता एवं कोशी इन्चार्ज तथा पार्टी उपमहासचिव राजेन्द्र राईको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो। पार्टीका सचिव बलदेव चौधरीका अनुसार कमिटीलाई पूर्णता दिइएको छ।
जसमा खालि रहेको उपाध्यक्ष पदमा कमल जवेगू र ज्ञानबहादुर बस्नेतलाई चयन गरिएको छ। त्यस्तै उपसचिवमा हिरा दाहाललाई चयन गर्नुका साथै २७ सदस्सीय सचिवालय गठन गरिएको छ। बैठकमा कोशी कमिटीका सह इन्चार्ज राजन राई, महेश रेग्मी, केशर बिष्ट, खिनु लिम्बुको उपस्थिति रहेको थियो।
-1748583618.jpg)





