
बुधबार संसदमा बोल्दै सांसद कुँवरले उक्त विषय उठाउनु भएको हो। उहाँले भन्नुभयो,‘भोटेकोशी बाढीबाट भएको धनजनको ठूलो क्षति भएको छ। उक्त घटनाप्रति दुःख प्रकट गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली लागि आग्रह गर्दछु।’
कुँवरले अगाडि भन्नुभयो,‘सम्मानीय सभामुख महोदय मैले पटकपटक सम्बन्धित निकायको अझै पनि ध्यान गएको छैन भन्ने कुरामा पटक पटक बोलिरहेको छु। त यसै सिलसिलामा फेरि अछाम जिल्लाको नगरपालिका वडा नम्बर १४ मा एकजना व्यक्तिको मृत्यु भएको छ। ४६ वर्षीय वीरबहादुर साँउदको करेन्ट लागेर मृत्यु भएको हो। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्तगर्दै पीडित परिवारलाई उचित राहतको व्यवस्थापन गर्न र यस्ता घटना घट्न नदिनतर्फ सम्बन्धित निकायको गम्भीर ध्यान जाओस् भन्ने माग गर्दछु।’
साथै हराउने मान्छेहरूको संख्या बढ्दै गइरहेको भन्दै सांसद कुँवरले सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले अछामका शिक्षक काठमाडौँबाट हराएको घटनाको स्मरण गराउनु भएको छ। केही दिनअघि अछामका शिक्षक जगतबहादुर कुँवर काठमाडौँको अनामनगरबाट हराएका थिए।




