नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगाले प्रतिनिधि सभा सदस्यको लागी उमेदवार बनाएका अम्बिरबाबु गुरुङले आफुलाई मत दिनु पर्ने आधारसहीत आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । उनले आम ओखलढुंगावासी जनसमुदायलाई प्रतिवद्धता पत्र मार्फत मतदान गर्न आग्रह समेत गरेका छन । विकासका पर्यावाची जस्तै बनेका गुरुङले आफु प्रदेशको मन्त्री हुँदा थालनी गरेका कयौ योजना अलपत्र परेको भन्दै ती योजनाको सफलताको लागी पनि ओखलढुंगे जनताले तारा चिन्हमा मतदान गरेर आफुलाई जिताउनु पर्ने बताएका छन ।
यस्तो छ उनको प्रतिवद्धता पत्र ।
नमस्कार
२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुङ्गाबाट मैले उम्मेदवारी दिएको छु। तारा चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
ओखलढुङ्गाको विकास र समृद्धिमा मैले निर्वाह गरेको भूमिकाका बारेमा यहाँलाई अवगत नै छ । २०७४ सालमा ओखलढुङ्गा ‘क’ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भई ५ (पाँच) वर्षको अवधिमा सांसदको जिम्मेवारी र त्यसबीचमा केही समय प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा दशौ अर्ब बजेट जिल्लामा ल्याएर उच्चस्तरीय रिङरोडदेखि सडक, सडक पुल, झोलुङ्गे पुल, सिंचाई, खानेपानी, विद्युत, जनता आवास तथा सामुदायिक भवन, मठमन्दिर, गुम्बा, पार्क, संग्राहलय, खेल मैदान, पर्यटकीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न शिर्षकमा जिल्लाबासीको माग र आवश्यकताका आधारमा अधिकतम् उपलब्धि हाँसिल गर्ने गरि काम गरेको थिएँ ।
समृद्ध ओखलढुङ्गा, सुखी ओखलढुंगेली बनाउने दृढ संकल्पका साथ त्यसबेला सुरूवात गरिएका कतिपय कामहरू सम्पन्न भएका छन्। केही आयोजनाहरू अभी अधुरा छन् । ती अधुरा आयोजनालाई पूर्णता दिन र जिल्लाभर दिगो पूर्वाधार विकासका लागि आवश्यक बजेट व्यवस्था गरेर गौरवका आयोजना सञ्चालन गर्ने अभिभारा लिन फेरि एक पटक यहाँहरूको बीचमा आएको छु ।

पदीय जिम्मेवारीमा रहँदा वा नरहँदा म यहाँहरूको सेवामा संधै समर्पित रहँदै आएको छु । विपन्न बालबालिकाका लागि शिक्षा, स्वास्थ्य समस्यामा परेका बखत आपत्कालिन उद्धार र उपचार, विपदमा परेकालाई राहत र उद्धार, युवाहरूलाई खेलकुद र स्वरोजगार, सामुदायिक विद्यालयहरूमा अक्षयकोष स्थापना जस्ता कार्यमा व्यक्तिगत रूपमा पनि साथ दिदै आएको छु ।
सांसद र मन्त्री रहँदा मलाई प्राप्त भएको सरकारी सेवा सुविधा वापतको रकम सामाजिक संस्थाहरू मार्फत जेष्ठ नागरिक, विपन्न तथा अपांगता भएका व्यक्ति र परिवारलाई हस्तान्तरण गरेको छु। आगामी दिनमा पनि यहाँहरूकै दुःख-सुखमा सारथी बन्ने प्रण गर्दछु ।
अग्रजको भरोशा र जेन्जी युवापुस्ताको आशालाई केन्द्रभागमा राखेर सडकदेखि सदनसम्म तपाईको जिम्मेवार प्रतिनिधिका रूपमा काम गर्ने अवसरका लागि आगामी फागुन २१ गतेको संघीय प्रतिनिधीसभा निर्वाचनमा तारा चिन्हमा मतदान गरि प्रतिनिधिसभा सदस्य पदमा विजयी गराइदिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ तपाई र तपाईको परिवारको मनको मतका लागि विनम्र अनुरोध गर्दछु ।
अम्बिरबाबु गुरुङ उम्मेदवार प्रतिनिधिसभा सदस्य, ओखलढुंगा
अम्बिरबाबु गुरुङलाई तारामा भोट किन ?
* भ्रष्टाचार मुक्त र सुशासन युक्त ओखलढुङ्गा निर्माण गर्न
* जेन्जी युवा पुस्ताको माग र देशको आवश्यकता अनुसार संविधान संशोधन र कानून निर्माण गर्न
* ओखलढुङ्गाको समृद्धिका लागि गौरवका योजना सञ्चालन गर्न
* गाउँ र सहरलाई जोड्न जिल्लाका ८ वटै पालिका समेटेर उच्चस्तरीय रिङरोड निर्माण गर्न
* जिल्लाका ८ वटै स्थानीय तह र ७५ वटै वडामा विकास पु-याउन
* जिल्लाका मुख्यसडकहरू कालोपत्रे र सडक पुलहरू निर्माण गर्न
* ग्रामिण तथा कृषि सडकहरू निर्माण एवम् स्तरोन्नती गर्न
* सबै घरमा केन्द्रीय विद्युत विस्तार गरेर उज्यालो ओखलढुङ्गा निर्माण गर्न
* एक घर एक धारा खानेपानीको व्यवस्था गर्न
* कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न
* सामुहिक खेती प्रणालीको विकास गर्न
* स्थानीय उत्पादनको बजारीकरण गर्न
* पशुपालन व्यवसाय प्रबर्द्धन गर्न
* उद्योग कलकारखाना स्थापना गर्न
* युवालाई गाउँघरमै स्वरोजगार र उद्यमी बनाउन
* पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गर्न
स्थानीय समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण एवम् प्रवर्द्धन गर्न
* सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधार गर्न
* गाउँघरमै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न
* ओखलढुङ्गा सदरमुकाम बजारलाई नमूना सहरका रूपमा विकास गर्न
* पालिका पालिकामा एकीकृत बस्ति विकासको अवधारणा लागू गर्न
* महिला, दलित र सिमान्तकृत वर्गसहित सबै नागरिकलाई संविधान प्रदत्त हक अधिकार दिलाउन
* सरकारी सेवा सुविधाको गुणस्तर वृद्धि गर्न
* संघीयतालाई बलियो बनाउन
* प्रदेश र स्थानीय तहलाई थप अधिकार दिन र स्रोत साधन सम्पन्न बनाउन
* प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र विज्ञ समुहको सहभागितामा सरकार बनाउन
* पूर्ण समानुपातिक निर्वाचन प्रणालि लागू गर्न
ओखलढुंगेलीको अठोट, तारामा भोट





