काठमाडौं । महानायक राजेश हमालले जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु मात्र नभइ तितो सत्य स्वीकार गर्ने भएको बताएका छन् ।
विहीबार लैनचौर स्थित मल्ल होटलमा आयोजित अक्टल विज्ञान उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा अभिनेता हमालले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्न सके जीवन सहज हुने बताएका हुन् ।
अभिनेता हमालले भने , जीवन एउटा युद्ध जस्तै भएको हो, युद्ध हामीले एक दिन हार्नैपर्ने भएकोले हामीले युद्धभित्र भएका केही मुटभेढ जित्छौ जसलाई हामीले सफलता भन्छौ। तर, सम्पूर्ण जीवनमा युद्ध हार्ने नै हो।
उनले भने,त्यसकारण साना साना सफलतामा नै रमाउनुपर्छ। जुनसुकै पेशामा लागेपनि जस्तो अवस्थामा भएपनि भित्रि आत्मादेखि जीवनलाई गम्भिर भएर हेर्नुपर्छ। जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु होइन, तितो सत्य स्वीकार गर्नु हो। तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्छ।’
यस्तै, उनले जीवनमा उर्जाशील र सकारात्मक भइरहन सक्ने हो भने जीवन आफै सकारात्मक दिशातर्फ जाने पनि बताए।
जीवनलाई सहज बनाउन तितो सत्य स्वीकार गर्न सक्ने मनोवृत्ति विकास गर्नुपर्छ राजेश हमाल
जीवनको वास्तविकता भनेको सजिलो खोज्नु नभएर कठोर यथार्थसँग जुध्न सक्ने क्षमता विकास गर्नु रहेको अभिनेता हमालको थियो ।
‘ हमालले भने, ‘ सानातिना सफलतामा रमाउने बानी विकास गर्नु, जस्तोसुकै अवस्थामै पनि आत्माभित्रको दृष्टिले जीवनलाई गम्भीर रुपमा बुझ्न खोज्नु आवश्यक छ।
‘वास्तविकता बुझ्ने भनेर जीवन सजिलो हुँदैन’, हमालले थपे, ‘बरु तितो सत्य स्वीकार्न सक्ने भए जीवन सजिलो हुन्छ।’
त्यस्तै उनले सकारात्मक ऊर्जा बोकेर हिँड्न सके जीवन आफैँ सकारात्मक दिशामा अघि बढ्ने धारणा पनि व्यक्त गरे।
कार्यक्रममा विजयराज सिग्देलले पनि संस्कारका बारेमा जिन्दगीका भोगाइका बारेमा आफ्ना अनुभव सेयर गरेका थिए ।
गुरुपूर्णिमाको अवसर पारेर आगोजना गरिएको कार्यक्रमम छ दर्जन बढी बिभिन्न क्षेत्रमा ब्यक्तिहरु अवार्डबाट सम्मनित भएका थिए ।





