१८ असोज, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो|
जसमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन्|यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ।
हाल देशका विभिन्न ठाउँमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको मन्त्रालयका प्रवत्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो|
यो संगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ|