झापामा गर्भिणी गाई चोरी गरी काटेर खाएको आरोपमा चार जना पक्राउ

झापा । झापाको दमकमा भएको गौ हत्यामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गोठमा बाँधेर राखिएको दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा झापा प्रहरीले चार जनालाई समातेको हो ।

मंगलबार राति दमक नगरपालिका-२ बस्ने ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्वर १ मा रहेको गोठबाट गाई चोरेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा विश्वकर्मामन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो ।

गाईगोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटेर मासु लगेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

जसक्रममा संलग्नता देखिएपछि चार जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेमबहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका-४ बस्ने गीता श्रेष्ठ रहेका छन् ।

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

विराटनगर पुगेर प्रचण्डले भने: हामी संविधान संशोधनको विपक्षमा छैनौ

नेपाली सेनाद्वारा जाजरकोटको पहिरोमा पुरिएका बालकको उद्धार

Related Posts