कास्की । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारीका पीडित बचतकर्ताले नाराबाजी गर्दै कालो झण्डा देखाएका छन्।

पोखरा महानगरपालिका- १७ बिरौटाको ग्यालेक्सी ब्यांक्वेटबाहिर सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताले लामिछानेविरुद्ध नाराबाजिसहित विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन्।

रास्वपाका सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा आएका हुन्।

पीडित बचतकर्ताले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण,’ ‘प्रहरी प्रशासनको दुरुपयोग बन्द गर’ जस्ता नारा लगाएका छन्।

 

संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो: रास्वपा

ओलीले वैज्ञानिकहरुलाई भने : देश विकासका लागि आविष्कार र अनुसन्धानमा लाग्नुहोस्