काठमाडौं । रामेछापमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। दोरम्बा-शैलुङ गाउँपालिका-३ लेकखर्क पहरी गाउँमा गएराति गएको पहिरोमा परी  १८ महिने  शिशुसहित दुई जनाको मृत्यु भएको हो।

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको र उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापकाले जानकारी दिएको छ । मृत्यु हुनेमा चन्डीका श्रेष्ठ र १८ महिने शिशु आयुष श्रेष्ठ रहेका छन् ।
पहिरोमा केही बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको छ । पहिरोले चार वटा घर बगाएको छ । अधेरी खोलाको पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको बताईएको छ ।

मौलिक संस्कृति झल्कने गौरा पर्व हर्षोल्लास साथ मनाइदै 

महिलाहरु आत्मनिर्भर भएमा मात्र देशको समृद्धि सम्भव छ : मन्त्री हरिप्रभा खड्गी