काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन्। काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार चल्ने बताए।
उनले भने, ‘ तपाईहरु ढुक्क भएर काम गर्नुस् अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईहरुलाई निर्देशन दिँदैन । निर्दोषलाई फसाऊ भन्दैन । निर्दोष मान्छे फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलाप आपराधिक हुन्। कसै निर्दोषलाई दोषी करार गर्ने काम सरकारबाट हुँदैन।’
ओलीले प्रहरीलाई अपराध हुनै नदिने कुरामा ध्यान दिन निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले थपे, ‘अहिलेको सरकार एउटाको ठाउँमा अर्को बन्यो, एउटा समीकरणको ठाउँमा अर्को बन्यो भन्ने होइन । ठीक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पको साथ यो सरकार बनेको छ । तपाईंहरू संविधान र कानूनअनुसार चल्नुस् । अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भनेर आदेश दिँदैन ।

नेकपा एस बिना संविधान संसोधन गर्न असम्भव:अध्यक्ष नेपाल

सर्वोच्चको आदेशलाई गलत व्याख्या नगर्नुहोस्: मेयर साह

Related Posts