पोखरा । गण्डकी प्रदेश सरकारमा यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमाले सांसद प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् ।

गण्डकीमा ९ मन्त्रालयको टुंगो लागेको छ । मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका हुन् । एमालेबाट पद्मा जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा जाँदा प्रकाशबहादुरले भौतिक पूर्वाधार , श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।
कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री, आर्थिक मामिलामा डा. गुरुङ यथावत छन् । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीकै जिम्मेवारीमा छन् ।

मुख्यमन्त्री सुरेन्द्रराजले एमालेका ४ मन्त्रीको नियुक्ति र मनाङेको जिम्मेवारी हेरफेरसँगै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । केन्द्रीय समीकरण बनेको ठ्याक्कै दुई महिनापछि पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

 

 

 

एकीकृत समाजवादीको उपनिर्वाचन परिचालन कमिटी गठन

ईन्जिनियरहरुले गर्व गर्ने संगठन बनाउँनेछौं : ई. नन्दलाल बन्जाडे  

Related Posts