काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाजको कार्यक्रममा सहभागी हुन लिङ्देन शुक्रबार राति बेलायत प्रस्थान गरेका हुन्।

अध्यक्ष लिङ्देनले लण्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसंग हुने छलफलमा सहभागी हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उनकी श्रीमती सीता थापा लिङ्देन, प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की छन्।

जलवायु परिवर्तनको क्षतिपूर्ति माग गर्दै काठमाडौँमा प्रदर्शन

राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै

Related Posts