काठमाडौं २६ मंसिर ।आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं २ बाट कबिर शर्माको नाम सिफारिस गरिएको छ।मंसिर २४ गते नेपाली काङ्ग्रेस काठमाडौं २ को क्षेत्रीय कार्यालय थलिमा बसेको बैठकले उनिसहित निवर्तमान सांसद प्रतिमा गौतम,लोकेश ढकाल,दिपक कुँईकेल,मनिष कोइराला र युपि लामिछानेको नाम सिफारिस गरेको हो।भूगर्भशास्त्रमा स्नातकोत्तर गरेका ३७ बर्षीय शर्मा नेपाली काङ्ग्रेस काठमाडौं २ का सभापति समेत हुन्।
त्रीचन्द्र क्याम्पसबाट बिद्यार्थी राजनीतिमा होमिएका शर्मा यस क्षेत्रका युवामाझ लोकप्रिय हुनुहुन्छ।पेशाले जिओलोजिष्ट रहनुभएका शर्मा
१७ वर्षको उमेरदेखि नै सक्रिय राजनीतिमा लाग्नुभएको थियो। शर्माको कुशल नेतृत्वका कारण नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं. २ मा युवामाझ लोकप्रिय छ।गत २०७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचन शर्माले काठमाडौं -२मा नेपाली काङ्ग्रेसलाई सम्मानजनक सिटमा बिजय गराउनुभएको थियो।काठमाडौंको शंखरापुर र कागेश्वरी नगरपालिका तथा महानगरको ९ र ३२ नं वडा समेटीएको काठमाडौं -२ नं क्षेत्रमा नेपाली काङ्ग्रेसबाट सबैभन्दा बलियो उम्मेदवारका रुपमा शर्मा नै रहेको स्थानिय काङ्ग्रेसका नेताहरु बताउछन। काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित मूलपानीका स्थाई बासिन्दा शर्मा नेपाली काङ्ग्रेसमात्र नभई अन्य पार्टिका नेता कार्यकर्ता माझ पनि निकै लोकप्रिय हुनुहुन्छ। काठमाडौं क्षेत्र नं २ का जनताको सुख दुखमा लामो समयदेखि सक्रिय शर्मालाई यस क्षेत्रमा नेपाली काङ्ग्रेसका तर्फबाट बिजयको झन्डा गाडन सक्ने उम्मेदवारको रुपमा हेरिएको छ।

शर्मा नेपाली काङ्ग्रेस काठमाडौं २ का क्षेत्रीय सभापती समेत हुन्।




