दैलेख । दैलेखमा स्थानीय सरकारहरुले कोरोना महामारीको समयमा दिँदै आएको राहतमा कुहिएको चामल वितरण गरेको पाइएको छ।
दैलेखको नारायण नगरपालिका–४ को कार्यालयले वितरण गरेको राहतको चामल कुहिएको भेटिएको हो।
लकडाउन सुरु भएको केही समयपछि वडाले राहत वितरण गर्नुपर्ने भए पनि अहिले आएर कुहिएको चामल वितरण गरेकाले चामल छरेर दुई दिनदेखि आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीय भन्छन् राहतका नाममा दुई महिनाअघि चामल ल्याइयो, बितरण भएन, तर यतिवेला कुहिन थालेप िवितरण गर्न गालेका छन् ।
त्यसैले स्थानीय आन्दोलन भएका हौ । सरकारले विपदमा परेका जनतालाई सहयोग गर्नुपर्ने दायित्व भए पनि कुहिएको खाद्य वस्तु वितरण गर्न नपाइने स्थानीयको भनाइ छ । यता वडाध्यक्ष वीरबहादुर कटुवालले चामल बाँढ्दाको समयमा आफू वडामा नभएकाले कुहिएको चामल नदेखेको बताएका छन्।
उनले नगरपालिकाको टेन्डर प्रक्रियामार्फत चामल खरिद गरी गोदाममा राखेर वडामा पठाएपछि आफूहरुले सोही चामल वितरण गरेका बताए। वडा सचिव चक्रबहादुर कटुवालले कुहिएको चामल वितरण गरिएको भन्दै जनता आन्दोलित भएपछि जिल्ला प्रशासनबाट बुधबार आएको टोलीले स्याम्पल लगेर गएको बताए।
मंगलबार स्थानीयले वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै ढुंगा प्रहार समेत गरेको बताए।