बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चल्न थालेका थिए । तर, राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । सोमबार बिहानबाट पहिरो पन्छाउने काम शुरु हुने डीएसपी गिरीले बताए ।

शुक्रबार रातिदेखि रोकिएका सबै साधन पहिरो खसेको ठाउँ पार गरेर गन्तव्यतर्फ जान नपाउँदै पुनः सडक अवरुद्ध भएपछि सवारी साधनहरु फेरि सडकमै अलपत्र परेका छन् ।

शुक्रबार खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको छ । पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरेको थियो । पहिरोले पुरेको ट्रकलाई शनिबार निकालिएको थियो ।

शोमबार बिहानै पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

ताल फुट्नसक्ने चिनियाँ चेतावनीः भोटेकोशीले ठूलो क्षति गर्नसक्ने, बस्ती सार्न प्रशासनको आग्रह